बिनोद देवकोटा
११ मङसीर, कैलाली-
अन्तराट्रिय मोहन्याली युवा समाजले मोहन्यालका बिद्यालयलाई डस्टलेस अर्थात चक रहित बनाउने उद्देश्यले सेतोपाटी बितरण गरेको छ ।

आइतबार महोन्यालमा आयोजीत एक कार्यक्रमका बिच सेतोपाटी बितरण गरिएको हो ।
मोहन्यालका वडा नम्मर ३ र ७ का १८ बिद्यालयलाई ५१ वटा सेतोपाटी, त्यसमा प्रयोग हुने मसी, मार्कर लगाएतका सामग्री बितरण गरिएको सस्थाका नेपाल संयोजक बिर्मल बिष्टले जानकारी दिनुभएको छ । बिदेशमा रहेका मोहन्यालका युवाहरुले संकलन गरेको रकमबाट उक्त सामग्री बितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका मोहन्याल गाउपालीका प्रमुख नवलसिंङ रावलले सस्थाको कामको प्रसंशा गर्नु भयो । साथै वहाले बिदेशमा बसेर आप्mनो ठाउलाई सम्झेर यसरी उदारहणिय काम गरेकोमा खुसी प्यक्त गर्दै यहाका युवाले यसबाट पाठ सिक्दै मोहन्यालको समग्र बिकाशमा सक्रियता जनाउन समेत आर्गह गर्नु भयो ।
कार्यक्रममा सहभागी १८ बिद्यालयका शिक्षकहरुले सेतो पाटी ग्रहण  गर्दै यो कार्यको प्रसंशा गरेका छन् ।
सस्थाका केन्द्रिय सदस्य गणेश माझीको सभापतीत्वमा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा स्रोतकेन्द्रका स्रोत व्यक्ती पदमराज शर्मा, वडा नम्मर १ का वडा अध्यक्ष नविन पुन मगर, २ का वडाअध्यक्ष देवीदत्त उपाध्याय, ४ का वडाअध्यक्ष टेकिन्द्र पुन मगर, ७ का अध्यक्ष खर अधिकारी रहनु भएको थियो ।
शिक्षक, बिद्यार्थी, पत्रकार, स्थानिय लगायतकाको उपस्थिती रहेको कार्यक्रका अधिकांशले सस्थाको कामको प्रशंसा गरेका थिय ।
मोहन्याल समाजका नेपाल सल्लाहकार संयोजक बिर भण्डारीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रको सन्चालन सस्थाका नेपाल संयोजक निर्मल बिष्टले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*