असोज २५ काठमाडौं ।।  आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा अहिलेसम्म आयोजक राष्ट्र  रुससहित २३ टिम छनौट भएका छन् ।

छनौट हुनेमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्सपोल्याण्ड, पोर्चुगल, जर्मनी, स्पेन ,आइसल्याण्ड,  सर्बिया र स्पेन रहेका छन् । यस्तै मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, इजिप्ट, नाइजेरिया, इरान, जापान,  साउदी अरेबिया, कोस्टारिका, उरुग्वे , कोलम्बिया दक्षिण र कोरियाले पनि विश्वकपमा स्थानपाउने  पक्का छ । अब ९ टिम छनौट हुन बाँकी छ । बाँकी टिम मध्ये अफ्रिकाबाट तीन टिम छनौट चरणबाटै समूह विजेताको रुपमा छनौट हुनेछन् ।तेसैगरी युरोपबाट प्ले–अफमा पुगेका ८ टिमबाट दुई लेगको खेल जित्ने चार टिमले रुस यात्रा तय गर्ने छन् । यस्तै पेरु तथा न्युजिल्याण्ड र होण्डुरस तथा अस्ट्रेलियाबिचको प्ले–अफबाट दुई टिमले विश्वकपमा स्थान पक्का गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*