जगदिश गिरी महेन्द्रनगर, कञ्चनपुर ,२१ मंसिर बिहिवार प्रदेश तथा प्रतिनिधि सभा सदस्यका भैईरहेको निर्वाचनमा कञ्चनपुर जिल्लामा एक क्रिर्याकारीले आºनो मताधिकारको प्रयोग गरेका छन् ।

भिनपा १९ को मतदान पञ्चक्रृत बैजनाथ मा .बी केन्द्रमा , भिनपा १९ बागफटाका धर्मराज जोशीले आमा बितेको ६ दिनमै , आमाको क्रियामै भएका बेला आएर मतदान गरेका हुन । स्थानिय ४६ वर्षीय जोशीले भन्नुभयो अस्थीर राजनितिले मुक्ति पाओस र मेरो आमाको आत्माले शान्ती पाओस् भनेर क्रियामै बसेका बेला मतदान गरेको उहाले बताउनु भयो । कञ्चनपुरमा १ सय ३२ मतदान स्थल र तीन सय २० मतदान केन्द्र रहेका छन् । यो समाचार तयार पार्दा सम्म करीब ५० प्रतिश्त मत खसिसकेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र आर्चाय बताउनु भयो । कञ्चनपुर जिल्ला कुल मतदाता संख्या २ लाख ६४ हजार ९ सय जना रहेका छन् । जिल्लामा अहिले सम्म छुटपुट घटना बहेक शान्त पुर्ण बातावरणमा मतदान भैरहेको जानकारी जिल्ला प्रमुख अधिकारी कुमार बहादुर खडकाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*