भक्तपुर, भदौ १९ ।भक्तपुरको सल्लाघारीस्थित   इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको २० औं वार्षिक साधारण सभा आइतबार भव्य रुपमा  सम्पन्न भएको छ ।  

जापानी समाजसेवी डा.नोबोरु इवामुराको स्मृतिमा स्थापित इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको उक्त   साधारण सभाले  महेश बहादुर धौवन्जारको नेतृत्वमा आगामी दुईवर्षका लागि ५ सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको छ ।  समितिका अन्य सदस्यहरुमा राजुमृगेन्द्र जोशी, शैलेन्द्र बुढाथोकी, हरिबहादुर बस्नेत र प्रा.डा.उत्तमकृष्ण कर्माचार्य रहेका छन् ।

भक्तपुरमा नीजि क्षेत्रबाट सञ्चालित सामुदायीक स्तरको सो अस्पतालमा सबै किसीमका उपचार सेवा सहित ५१ शैय्या सञ्चालनमा रहेको छ । 

यसै क्रममा सोहि दिन  सल्लाघारी मै स्थापित  इवामुरा कलेज अफ हेल्थ साइन्सको पनि   ९ औ  वार्षिक साधारण  सभा पनि सम्पन्न गरिएको छ । यो  कलेजको ९ औं साधारण सभाबाट युवक राजभण्डारी अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिति गठन भएको छ  । 

अन्य सदस्यहरुमा  हरि बहादुर बस्नेत ,राजुमृगेन्द्र जोशी,उत्तम कृष्ण कर्माचार्य ,सैलेन्द्र  प्रकाश बुढाथोकी ,   महेश बहादुर धौवन्जार, केशब दिवाकर , बिष्णुभक्त  मिकारू र सुनुमाया खड्का रहेका छन्  । 

                                                                                                       -पविता  खनाल 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*