पौस ०९ काठमाडौँ ।। डर्बीखबर डट कम् 


नेपाल जेसीज केन्द्रीय कार्यालयद्वारा नेपाली साहित्य,कला, सङ्गीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए बाफत प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट युवा पुरस्कार यस वर्ष लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कार छनौट जेसी लालमणी पन्तको संयोजकत्वमा छनौट गरिएको हो ।

साहित्य, कला, सङ्गीत तथा संस्कृति विधाको प्रतिनिधित्व गर्दै उत्कृष्ट युवा छनौट समिति- २०१७ ले यस वर्षको “उत्कृष्ट युवा पुरस्कार- २०१७ ´´ लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई छनौट गरेको हो । नेपाल जेसीजको ४४औं महाधिवेशनको अवसरमा आज भैरहवामा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल `प्रचण्ड´ र जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले सामूहिकरूपमा ताम्रपत्र, स्वर्ण पदक र नगद सहित पुरस्कृत गरिएको छ । उत्कृष्ट युवा पुरस्कारको लागि सङ्गीतकार सन्तोष श्रेष्ठलाई त्रिभुवननगर जेसीजले राष्ट्रिय समितिलाई सिफारिस गरेर पठाएको थियोे ।

                                                                                                  – दिनेश खनाल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*