घनश्याम राजकर्णिकारको पिता स्व. कृष्णबहादुर राजकर्णिकारले  निकै वर्ष अघि सुरु गरेको व्यवसाय हाल सम्म पनि संचालनमा छ । कृष्णबहादुर यस संसारमा नरहे पनि तपाईं हाम्रो घर अफिसमा कृष्ण पाउरोटी स्वास्थ्य र सरल खाजाको रुपमा  प्रयोग भैरहेकै छ ।

आश्विन ६ ,काठमाडौँ ।।  घनश्याम राजकर्णिकारको जन्म काठमान्दौं कमलपोखरीमा भएको हो । उहाँले वि.स .२०२४ मा त्रिभुवन बिश्वबिध्यालय बाट अर्थशात्रमा एम.ए.गर्नुभएको छ । उहाँले विक्रम सम्बत २०२९ सालमा जर्मनीमा  खाद्य  पदार्थ संबन्धि औधोगिक व्यवस्थापन विषयमा उच्च प्रशिक्षण प्राप्त गर्नु भएको थियो । सोहि साल उहाँले जर्मनीकै गोथाथे  इन्स्टिच्युट बाट जर्मन भाषामा प्रमाणपत्र प्राप्त गर्नुभयो|उहाँको पेशा  व्यवसाय उद्धोग हो र उहाँ कृष्ण पाउरोटी भण्डार प्रा.लि  का   अध्यक्ष एवम् प्रबन्ध संचालक पनि हुनुहुन्छ ।

कृष्ण पाउरोटी को नाम सुनेपछि सबैलाई थाहा भैहाल्छ कि यो नेपालकै पहिलो पाउरोटी भण्डारको  उत्पादन हो । यसको स्टोरी थाहा नपाएका पनि कमै होलान् । घनश्याम राजकर्णिकारको पिता स्व. कृष्णबहादुर राजकर्णिकारले  निकै वर्ष अघि सुरु गरेको व्यवसाय हाल सम्म पनि संचालनमा छ । कृष्णबहादुर यस संसारमा नरहे पनि तपाईं हाम्रो घर अफिसमा कृष्ण पाउरोटी स्वास्थ्य र सरल खाजाको रुपमा  प्रयोग भैरहेकै छ ।

पेशागत व्यवसायी  घनश्याम राजकर्णिकारले आफ्नै लगन र मेहनतले साहित्य लेखन क्षेत्रमा  आफ्नो  छुटै  परिचय बनाइ सक्नु भएको छ । व्यवसाय पछी उहाँको अर्को सबल पक्ष साहित्य हो ।  नेपाली साहित्यमा उहाँ विशेषगरी यात्रा साहित्यकार ( नियात्राकार ) का रुपमा चिनिनुहुन्छ । वरिष्ठ नियात्रा कारका रुपमा स्थापित   राजकर्णिकार  हाल   विभिन्न  थुपरै  संघ संस्थामा आबद्द  रहेका  छन्  र डेढ दर्जन भन्दा बढी सम्मान तथा अवार्ड समेत प्राप्त गरिसकेका छन् । उमेरले ७५ वर्ष पुगिसक्नु भएका कर्णिकारसंग डर्बीले गरेको कुराकानी –

सम्बाददाता – आफुलाई कसरि चिनाउंदा यहाँलाई खुशी लाग्छ ? चर्चित लेखक वा एक सफल व्यबसायी ? 

घनश्याम राजकर्णिकार – हेर्नुस , म लेखक र व्यवसायी दुवै हुँ ।एउटाले मानसिक सन्तुष्टि दिन्छ भने अर्कोले भौतिक | तैपनि यहाँले लेखक वा व्यवसायी मध्ये जुनसुकै एउटाले परिचय दिनुभय पनि मलाई स्वीकार्य छ |तर धेरैले मलाई साहित्यकार भनेर चिन्दछन् ।

सम्बाददाता – लेखनमा नियात्रा बिषेस रचनामा मात्र केन्द्रित  हुनुहुन्छ ,यसको कारण जान्न सकिन्छ ?

घनश्याम राजकर्णिकार – पहिले मा कथा एकांगी ,कविता,नियात्रा , संस्मरण ,   आर्थिक  लेखहरु सबै लेख्ने गर्थें | पछी जब मेरापाठकहरुले     मेरो नियात्राहरु मनपराउन थाले त्यसपछि अर्थात् वि. स . २०३६ ।०३७ सालदेखि नियात्रा लेखनमा केन्द्रित   हुन  थालें ।अहिले म मुख्य गरेर नियात्रा, सस्मरण निबन्धमा केन्द्रित छु ।

सम्बाददाता – अहिलेसम्म यहाँले लेख्नुभएको पुस्तकहरुमा नियात्रा को पुस्तक कति छन् र अन्य के कति छन्  त?

घनश्याम राजकर्णिकार – मेरा १० ओटा  पुस्तकहरु मध्ये ४ ओटा नियात्रा छन् 
 जसमा ”विदेशको  यात्रा स्वदेशको सम्झना”( वि.स. २०३७ ) , ”देश प्रदेशको  भ्रमण” ( वि.स. २०४३ ), ”बौद्ध तीर्थयात्रा -नालन्दादेखी लुम्बिनी सम्म ” ( वि.स. २०६० ),र  चौथो  ”यात्रा अमेरिकाको माया नेपालको ” (  वि.स. २०६९ )

सम्बाददाता –  अनि अन्य  प्रकाशित पुस्तकहरुमा ?

घनश्याम राजकर्णिकार – अन्य थुपरै छन् , ”केहि चिन्तन केहि मन्थन ”, ”सम्झनाको लहरमा लहरिन्दै जाँदा ”, ”पबित्र   सम्झना आमाको ” ,  ”गजराज राजकर्णिकारको बंशाबली ” यो चाई अनुसन्धानात्मक हो | अनि ”  ”अनुभव र अनुभूतिका घनश्याम राजकर्णिकार ” र  अर्को चै  बुद्ध  ज्योतिका  केहि ररिम ”  भन्ने  निबन्ध  छन् ।

सम्बाददाता – अहिलेसम्म आफैं पुस्तक प्रकाशनको खर्च व्यहोर्नु भएको छ कि कतैबाट सहयोग पनि प्राप्त छ ?

घनश्याम राजकर्णिकार – पहिले पहिले म आफैं मेरा पुस्तकहरु  प्रकाशित गर्थें । पछी प्रकाशकहरुले छाप्न थाले। हालसम्म साझा प्रकाशनले दुई ओटा  रत्न पुस्तक भण्डारले दुई ओटा र डिकुरा पब्लिकेशनले दुई ओटा गरि जम्मा छ ओटा पुस्तकहरु स्तरीय प्रकाशकहरुले प्रकाशन गरिदिएका छन् ।

 सम्बाददाता –  नियात्रा नै लेख्न यहाँलाई प्रेरणा कहाँ बाट  मिल्यो ?

घनश्याम राजकर्णिकार- देश विदेशतिर यात्रा गर्दा त्यहाँ आफुले देखे भोगेका अनुभब  र अनुभूति आफैमा मात्र  सिमित राख्न मनले मानेन ,तिनलाई लिपिबद्ध गरेर नेपाली पाठकलाई कोसेलीको रुपमा दिन चाहें । त्यसैले खुरुखुरु नियात्राहरु लेख्दै गरें र प्रकाशन पनि गर्दै गरें ।

सम्बाददाता –  तपाईका रचनाहरु अन्य पत्रपत्रिका वा संचार माध्यममा प्रकाशित भएका छन् ?

घनश्याम राजकर्णिकार-  पाठकहरुले  मलाई चिनेकै  संचार माध्यम बाट हुन् । मेरो धेरै धेरै  रचना हरु  विभिन्न दैनिक ,साप्ताहिक , मासिक , पाक्षिक  पत्रिकाहरुमा प्रकाशित छन् । तिनीहरुलाई  गनेर साध्य छैन ।

सम्बाददाता – साहित्यकलामा लागेर यहाँले के प्राप्त गर्नु भयो जस्तो लाग्छ ?

घनश्याम राजकर्णिकार- साहित्य भनेको  रास्ट्रको  गहना हो । रास्ट्रको  गहनालाई अभिवृद्धि गर्न पाउँदा मलाई अपरिमेय  खुशी ,सन्तुष्टि र गर्व  लाग्ने गर्छ । मैले  हालसम्म २१ ओटा बिभिन्न थरिका सम्मान पुरस्कार, कदर पत्र पाएको छु । जसमा -रत्नश्री सुवर्ण पदक,सयपत्री राष्ट्रिय सम्मान ,एकीकृत गौरब सम्मान , राष्ट्रिय नागरिक सम्मान , नन्दी बिद्यार्थी कल्याण कोष सम्मान , उपत्यका बालकविता प्रतियोगिता सम्मान ,नागरिक समाज सम्मान ,राज कर्णिकार समाज हना-पौ  ,बुकफिल्ड इन्टर्नेशनल कदर पत्र ,दिप जनमत सम्मान ,अन्तरास्ट्रिय सान अवार्ड ,लिट्रेचर, महाकवि देवकोटा सताब्दी सम्मान , दायित्व बांग्मय सम्मान ,धर्म विजय पदनम  सम्मान , भानुभक्त द्विसताब्दी पुरस्कार ,  कबि   देवकोटा नगद सम्मान ,जात्रा  ब्यबस्थापन सम्मान ,प्रहरी   दैमासिक  सम्मान ,समी  साहित्य साधना नगद  सम्मान र बैजन्ति स्रष्टा सम्मान इत्यादि  प्राप्त गरेको छु ।

सम्बाददाता – अब नयाँ रचना कुन हुनेछ तपाईको , पाठकका लागि ?

घनश्याम राजकर्णिकार- हाल म मेरो पाचौं नियात्रा ”यात्राको पाइलामा हिउँ फुलको देश ” नामक पुस्तक लेख्दैछु । यो अहिले अन्तिम चरणमा छ । सायद ५\६ महिनामा यसले आफ्नो घुम्टो उघार्छ होला ।

सम्बाददाता – यसको लागि अग्रिम शुभकामना यहाँलाई ,नेपालीको महान चाड दशैँ पनि आइसक्यो ,कसरि  मनाउदै  हुनुहुन्छ यो चाड ?

घनश्याम राजकर्णिकार- लेखपढमा रुची राख्ने हुँदा दशैको बिदामा म बिशेष गरि लेखपढ मै केन्द्रित रहनेछु , यसैमा म आनन्दित हुनेछु ।

सम्बाददाता – हस् ,हामीलाई यहाँको महत्वपूर्ण समय दिएर यहाँ सम्म आइदिनु भयो ,यसका लागि यहाँलाई धेरै धेरै धन्यबाद !

घनश्याम राजकर्णिकार- हस्, पविता जि यहालाई पनि मेरो हृदय देखि धन्यबाद छ । धन्यबाद !


दशैं को शुभकामना दिदै घनश्याम राजकर्णिकार


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*