प्रकाश बिष्ट- डर्बीखबर डट कम ।।माघ २३ काठमाण्डौ ।।


कान्छी म्युजिकल नाइट उल्हासका साथ सम्पन्न भएको छ।
स्वेताश्री फाउन्डेसनको अगुवाइमा निर्माण भैरहवाको “एकीकृत नमूना माझी बस्तीलाई आथिक सहयोग संकलन गर्ने उदेश्यले “कान्छी म्युजिकल नाइट” उल्हासका साथ काठमाडौंको होटेल अन्नपूर्णमा  सम्पन्न भएको छ । उक्त कार्यक्रमा विभिन्न छेत्रका मानिसहरु उल्लेख्य उपस्थितिका बीच वरिष्ठ हास्य कलाकार सन्दिप छेत्री ,चलचित्र कान्छीका कलाकार सहित अन्य थुप्रै कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल ,महिला अधिकारकर्मि रक्षा नेपाल प्रमुख मेनुका थापा ,चलचित्र सम्पादक भुपेन्द्र अधिकारि लगायतलाई सम्मानित गरिएको थियो र कार्यक्रमलाई नरेश भट्टराई र सुगारिका केसीले संचालक गरेका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*