डर्बीखबर.कम ,।। 


मंशिर १७ काठमाडौँ ।। अदृश्य राइको पहिलो गित किन दुख्छ मुटुमा मनिष र छिरिङको च्वखो माया ,भिडियो सहित सार्वजनिक  भएको छ।  गितको म्युजिक भिडियोमा मनिष र छिरिङ डोल्माको अभिनए रहेको छ ।

सानै देखि गित सङ्गीतमा रुचि राख्ने अदृश्य राइको शब्द तथा लय रहेको छ ,अदृश्य राइको यो पहिलो गित हो  । , बिक्रम कार्किको छायाकन  रहेको यस गीतमा स्वर,संगीत र गितको भिडियोको  निर्देशन अहिलेका बेस्त गायक मोडल तथा कोरियोग्राफर मनिष श्रेष्ठले  गरेका छ्न।

बहुप्रतिभाको धनी युवा, बहुचर्चित डान्स किङ्गमा परिसकेका मनिष पाँच फिट अग्लो मेच माथि एक खुट्टाले टेकेर अर्को खुट्टा काँधमा राखेर चर्चा बटुलिसकेका छन ।उनले अहिलेसम्म चार सय पचास भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् ।



भिडियोमा काठमाडौ आसपासको रमनिय क्षेत्रलाई कैद गरिएको छ।गितको म्युजिक भिडियोलाइ म्युजिक नेपाल युवटुब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*