बिनोद देवकोटा
१४ मङसीर , सुखड-
कैलालीको घोडाघोडी नगरपालीकाकोवडा नम्मर २ साडेपानी बजारमा शक्तीशाली बम भेटीएको छ । संयक्त लोकतान्त्रीक गठबन्धन सहितको नेपाली कागे्रशको कार्यालय अगाडी बिहबार बिहान ५ बजे तीर अज्ञात समुहले राखेको शक्तीशाली बम भेटीएको हो ।

बिहान कार्यालय अगाडी शंकास्पद बस्तु भेटीएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिय ।
उक्त बम नेपाली सेनाको बम डीस्पोजल टोलीले करिव ढाई घण्टा पछी सफलतापुर्वक डिस्पोज गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक कर्ण सिङ कार्काले जानकारी दिनु भएको छ ।
बम कसले राखेको हो भन्ने बारे पुष्टि नभएपनी नेकपा स्रोतले आफुहरुले नै बम राखेको दावी गरेको छ । क्षती भने केही पनी नभएको स्थानीय बासिन्दाले बताएका छन ।
उक्त स्थानमा आजै दीउसो कागे्रस उम्मेद्धार रामजनम चौधरीको चुनावी सभा तय गरीइको जनाइएको छ ।
यस अघी आजै कैलालीकै निर्वाचन क्षेत्र नम्मर २ का बाम गठबन्धनका प्रदेश सभा उम्मेद्धार रतन थापाको गाडीमा आगजनी गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*