बिनोद देवकोटा
१४ मङीर, कैलाली
कैलालीको क्षेत्र नम्बर २ अन्तर्गत १ नम्बर प्रदेशसभा क्षेत्रका एमाले उम्मेदवार रतन थापाको निजी जिपमा आगजनी भएको छ ।

बिहीबार बिहान पौने ४ बजेतिर बा १६ च ६८९९ नम्बरको निजी जीपमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमरख प्रहरी निरीक्षक नैन बहादुर सावदले बताए ।
आगजनीबाट जिपको अगाडिको भाग जलेको छ प्रहरीले संलग्न व्यक्ति वा समूहको पहिचान भइनसकेको जानकारी दिए । लम्कीचुहा नगरपालिका–१ स्थित उम्मेदवार थापाको घरनजिकै छाप्रो बनाएर जिप राखिएको थियो । जलेर जिपको टायर पड्केपछि मात्र घरका मान्छेले थाहा पाएर प्रहरीलाई खबर गरेको जनाए ।
चुनावी प्रचारप्रसारमा हिँड्ने जिप र गाडीलाई ईलाका प्रहरी कार्यालयमा राख्ने गरिएको भएपनि उम्मेदवार थापाले निजी गाडीलाई घरमै राख्ने गरेको एसपी घिमिरेले बताए । उम्मेदवारको प्रचारमा हिँड्ने सवारी साधन इप्रकामै राख्ने गरीएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*