पौष २६ रौतहट,।।गीताञ्जली एल्बमको दोस्रो आम्दानीले घर बिहिनलाई न्यानो  कपडा वितरण गरेको छ । चिसो र हुस्सु बढ्दै गईरहेकोले बुधबार घर बिहिन परिवार लाई चिसो बाट बाच्नको लागि न्यानो कपडा कम्बल वितरण गरिएको हो।

नेपालको कास्की जिल्ला पोखरा निवासी हाल युरोपको बेल्जियममा बस्दै आइरहेकी समाजसेवी (गीतकार) यसोदा थापा यशुले आफ्नो रचनामा तयार गर्नुभएको एल्बम गीताञ्जलीको दोस्रो कमाईको रकम रौतहटको असहाय, गरिब, दलित परिवारमा अहिलेको जानलेवा चिसोमा लगाउनको लागि न्यानो कपडा वितरण गर्न पठाउनु भएकी छिन ।

रौतहटको राजदेवी नगरपालिकाको वडा नं ९ हाल ब्रहमपुरी टोलका ७० वर्षीय बोल्न नसकने अपांग एक महिला शान्ति देवी राउतको घर ठूलो विनाशकारी बाढीले घर बगाएर घर बिहन बनाएको थियो । चिसो र हुस्सु बढ्दै गईरहेकोले आज उहाँको घरमा पुगी चिसो बाट बाच्नको लागि यसोदा थापा यशुले न्यानो कपडा सहयोग छिन् ।

केही दिन अघि यो परिवारको बारेमा पोष्ट गरेको सुचनाको अधारमा समाजसेवी (गीतकार) यसोदा थापा यशुले आफ्नो रचनामा तयार गर्नुभएको एल्बम गीताञ्जलीको दोस्रो कमाईको रकम रौतहटको असहाय, गरिब, दलित परिवारमा आफु बेल्जियम जानेलेवा चिसोमा लगाउनको लागि न्यानो कपडा वितरण गर्न पठाएकी हुन्  ।

बेल्जियमबाट गीतकार यसोदा थापा ज्यूले पठाउनु भएको राशीबाट यो घर बिहिन परिवारका ३ सदस्य लाई न्यानो कपडा ब्लैकेड र खुल्ला आकाशमा बस्न बाध्य भएकोले उहालाई एउटा त्रिपाल पत्रकार अभिमन्नु पट्टेल द्वारा हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*