गुल्मी, २१ मंसिर ।। डर्बीखबर डट कम्  


अहिले भहिरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका उम्मेदरवारहरुले छुट्टा छुट्टै स्थानबाट मतदान गरेका छन् । प्रतिनिधी सभा उम्मेदवार मध्ये क्षेत्र नं. १ मा एमाले सचिव बाम गठबन्ध उम्मेदवार प्रदिप ज्ञवालीले रुरु गाउँपालिका अन्र्तगत चौतरा निमाबि बंघा मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेस उम्मेदवार चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको हुँगा स्थित जनजागृति माबि मतदान केन्द्रबाट मतदान गर्दै छन् । क्षेत्र नं. २ मा एमाले सचिव एबं बामगठबन्धन उम्मेदवार गोकर्ण बिष्टले इस्मा गाउँपालिकाको रामराज्य माबि दोहोली केन्द्रबाट दिएका छन् । सोहि क्षेत्रमा नेपाली काँग्रेस उम्मेदवार चन्द्र केसीले रेसुङ्गा नगरपालिका स्थित भाडगाउँ माबि मतदानकेन्द्रबाट मतदान गरेका छन् ।

क्षेत्र नं. १ को प्रदेश सभा १ मा बाम गठबन्धन उम्मेदवार शुर्दशन बरालले चन्द्रकोट गाउँपालिकाको बालबोध निमाबि झारखर्क मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै काँग्रेसका उम्मेदवार पृथ फौजदारले चन्द्रकोटगाउँपालिका स्थित उदयमाबि शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दैछन् । प्रदेश सभा क्षेत्र नं. २ बाट बामगठबन्धन उम्मेदवार कमलराज श्रेष्ठले रुरु गाउँपालिका स्थित राष्ट्रिय माबि थोर्गाबाट मतदान गरेका छन् ।त्यस्तै काँग्रेसका उम्मेदवार धनेन्द्र कार्कीले गुल्मी दरवार गाउँपालिकाको गंगा निमाबि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

क्षेत्र नं. २ को प्रदेश सभा १ बाट बाम गठबन्धन उम्मेदवार खडग केसीले मुसिकोट नगरपालिकाको सारदा बिध्या माबि वामी मैदानबाट  मतदान गरे । काँग्रेसका उम्मेदवार शालिक पन्थीले रेसुङ्गा नगरपालिका महेन्द्रमाबि तम्घासबाट गरेका छन्। त्यस्तै प्रदेश सभा २ का बामगठबन्धन उम्मेदवार दिनेश पन्थीले धुर्कोट मदाने गाउँपालिकाको दिपक माबि भनभने मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै काँग्रेस उम्मेदवार छन्दबहादुर पहराईले शोमरभोर माबि हाडहाडे मतदान केन्द्रबाट मतदान गरेका छन् । जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ प्रदेश सभा तर्फ ५२ जना उम्मेदवार चुनावी मैदान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*