गुल्मी, २१ मंसिर ।। डर्बीखबर डट कम्  ।


प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि गुल्मीमा मतदान शुरु भएको छ । जिल्लाका सवै मतदान केन्द्रमा विहानै ७ वजेदेखि नै मतदान शुरु भएको हो । १ सय ३८ मतदान स्थलका २ सय ५१ म्तदान केन्द्रमा एकैसाथ मतदान शुरु भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेका अनुसार सवै मतदान केन्द्रहरुमा सर्वदलिय वैठक बसि विभिन्न विषयमा छलफल र सहमती गरेर मतदान शुरु गरिएको बताए । गुल्मीमा २ प्रतिनिधी सभा र ४ प्रदेश सभाका लागि २ दर्जनभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन । जिल्लामा ९ वटा राजनितीक दल चुनावी मैदानमा रहेको भएपनि मुख्य वाम गठबन्धन र लोकत्रान्तिक गठबन्धन विच नै कडा प्रतिस्पर्धा हुदैछ । जिल्लामा १ लाख ९६ हजार ३ सय ४२ मतदाताहरु रहेका छन । निर्वाचनका लागि करिव ३ हजार कर्मचारीहरु परिचालन भएका छन भने ३ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*