डर्बीखबरडटकम बिनोद देवकोटा
२७ पौष , सुखड-
भोली देखी सुरु हुने माघी मिलन एबम घोडाघोडी सास्कृतीक महोत्सबको तयारी पुरा भएकोे छ । पुष २८ देखी माघ ५ सम्म चल्ने उक्त सास्कसतीक महोत्सवको शुक्रबार एक भव्य कार्यक्रका बिच कैलाली क्षेत्र नम्मर ३ प्रतिनिधि सभा सदस्य गौरी शंकर थारुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मन्च निर्माण, स्टल बुकिङ, लगाएतका काम सम्पन्न भई अब यद्घाटन कार्यक्रमको तयारी गरि रहेको महोत्सव मुल आयोजक समिती संयोजक नविन क्षेत्रीले जानकारी दिएका छन ।


महात्सवमा गायक रामजी खाण, गायिका तथा मोडेल ज्योती मगर, सीर्जु अधिकारी, गायक तथा मोडेल दुर्गेश थापा, लोक तथा देउडा गायक टंक तिमेल्सैना, लोकदोहारी गायक हेमराज थापा, र.यापर मिस्टर आरजे राजेन्द्र भट्ट, देउडा गायक भक्र बम, लोकदोहोरी गायक राजेन्द्र बिष्ट, बादल थापा, सुरेश राणा, सौगात ओझा, रोसन सिङ, मालती घले, कमला पुन, चर्चित देउडा गायक अटामी बड्डो लाल बहादुर धामी, थारु गायक मनिराम थारु, लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने प्रचार प्रचार संयोजक दिपेन्द्र शाहीले जानकारी दिए ।
महोत्सव शिक्षा तथा सास्कृतीक संरक्षण मन्च सुखडको आयोजनामा हुन लागेको हो । ८ दिन सम्म चल्ने महोत्सवमा बिद्यार्थीलाई ४०, अन्यलाई ५० र सीजलन रु ३ सयमा टिकट बिक्री भईरहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*