प्रकाश बिष्ट माघ २६।।


आज बाट पर्दर्शनमा आएको सुबाश गिरि र भुवन केसीले निर्माण गरेको बहुप्रतिछित चलचित्र कृले आक्रमक ब्यापार सुरु गरेको छ ।आज शुक्रबार सबै समयको शो धेरै हलहरुमा हाउस फुल रहेको र भोलि शनिबार विदाको दिन दर्शक धेरै आउने भएकोले सिङ्गल थिएटरमा शो थप्ने भएको छ।

चलचित्रमा अनमोल केसी,अदिती बुढाथोकी ,अनुप बिक्रम शाही ,सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।यस अघिको चलचित्रमा खासै अभिनयको तारिफ नपाएका नायक अनमोलको यस चलचित्रमा भने दर्सकले अभिनय मन परेको बताएका छन्।

अनमोल संगै नव नायिका अदिती र खलनायक अनुप बिक्रमको अभिनय र चलचित्रको कथाको दर्सकले खुलेर तारिफ गरेका छन। नेपाली सिनेमा को हाल सम्मको सबै रेकर्ड समेत यस चलचित्रले तोडने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*