युद्ध मेवाहाङ्ग राई    १२,माघ ।। अष्ट्रेलिया र ईङ्गल्याण्ड बिचको चौंथो एकदिबशिय क्रिकेटमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको छ । एडिलेड ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको ईङ्गल्याण्ड ४४.५ ओभरमा मात्र १९६ रनमा समेटिएको थियो । एक समयमा ईङ्गल्याण्डका ८ रन बनाउँदा महत्वपूर्ण पाँच जना ब्याट्समनहरु गुमाएको अवस्थामा ईङ्गल्याण्डका लागि क्रिस वैक्स ७८, टोम करेन ३५, मोइ अलि र इयन मोर्गानले समान ३३ रनको पारी खेल्दै सम्मानजनक योगफल बनाएका थिए । अष्ट्रेलियाका प्याट क्युमिन्सले ४, एन्ड्रयु ताइ र जोश हज्लेवुडले समान ३-३ विकेट लिए ।

१९७ रनको सामान्य लक्ष्य पाएको अष्ट्रेलियाले ३७ ओभरमा ७ विकेट गुमाउँदै भेट्टएको थियो । अष्ट्रेलियाका लागि ट्राभिस हेडले ९६ रन, मिचेल मार्शले ३२ र टिम पानेले नटआउट २५ रनको पारी खेल्दै जीत दिलाए । ईङ्गल्याण्डका अदिल रशिदले ३ विकेट लिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*