मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले १८ जना ट्याक्सी चलाकलाई पक्राउ गरेपछि पोखराका ट्याक्सी व्यवसायी आन्दोलित छन् ।बुधबार मात्रै ट्याक्सी व्यवसायीहरुले पृथ्बीचोकमा ट्याक्सी जाम गरेर विरोध प्रदर्शन गरेका थिए ।पोखराका ट्याक्सी व्यवसायीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कास्कीका ८ वटै बस व्यवसायीले बिहीबार सवारी थन्क्याएका छन् । व्यवसायीले सवारी नचलाउँदा सार्वजनिक सवारीको भर पर्दै आएका यात्रु मारमा परेका छन् ।

derby

ट्याक्सी व्यवसायीको मागमा एेक्यबद्धता जनाउँदै जिल्लाका सबै ८ वटै व्यवसायीले बिहीबार कालो नम्बर प्लेटका सवारी साधन थन्क्याएका हुन् ।व्यवसायीले सार्वजनिक सवारी नचलाउँदा बिहानैदेखि कास्कीको सवारी आवागमन प्रभावित भएको छ । पोखरासँगै जिल्लाका कुनै पनि स्थानमा सार्वजनिक सवारी चलेका छैनन् । व्यवसायीको विरोधले पोखराबाट अन्यत्र जाने र कास्की भित्रिने यात्रु अलपत्र परेका छन् तर  निजी सवारी साधन भने बिहानैदेखि निर्बिबाद चलिरहेका छन् । पोखरामा हाल ट्याक्सी व्यवसायी समितिसँगै पृथ्वी राजमार्ग बस व्यवसायी समिति, स्थानीय शृंग यातायात व्यवसायी समिति, पोखरा बस व्यवसायी समिति, विन्ध्यवासिनी बस व्यवसायी समितिलगायत बस समिति छन् ।

Comments are closed.