मंशिर २१ काठमाडौँ ।। डर्बीखबर डट कम्  |


गायक जिवन ढुंगेल  ‘तिमी फूल’ बोलको गीत गाएर चर्चाको शिखरमा चढ्दै छन् । पाँचथरमा जन्मिएका जिवन ढुंगेलले आफ्नो गायन यात्रा सुरु गरेको धेरै भएको छैन ।  ‘तिमी फूल’ बोलको गीतको भिडियो दुइसाता अघि मात्र सार्बजनिक भएको थियो । यो गीतका  गायक जिवन ढुंगेलको यो  पहिलो प्रयाश भएपनि ढुंगेल निक्कै  चर्चामा आएका छन् । पछिल्लो समएमा उनि थुप्रै स्टेज मा देखिन थालेका छन् ।

गायकको आफ्नै शब्द तथा संगीत रहेको ‘तिमी फूल’ बोलको ‘प्ले ब्याक’ गीतमा जिवनलाई अहिलेकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । ढुंगेल  हाल भारतको इलाहबादबाट शाश्त्रीय संगीतमा स्नातक समेत गरिरहेका छन् । 

उनि भन्छन  “यसरीनै दर्शक श्रोता हरुको माया र साथ पाए मा  यो भन्दा अझै राम्रा गीत ल्याउने मेरो प्रयत्न रहनेछ” ढुंगेलले  आगामी दिनमा कस्तो चर्चा बतुलछन् त्यो दर्शक हेर्न बाकीनै छ । नव गायक जिवन ढुंगेल लाई डर्बीखबर डट कम् को तर्फबाट सफलताको शुभकामना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*