डर्बीसमाचारदाता
२६ पौष , सुखड-
तेस्रो घोडाघोडी नगरपालीका स्रोत केन्द्र स्तरिय अन्तर बिद्यालय खेलकुद तथा अतरिक्त क्रियाकलाप २०७४ को बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।


कैलालीको सुखड स्रोत केन्द्र अन्तरगतका सामुदायीक र संस्थागत गरि ८६ वटा बिद्यालयको सहभागीता रहने उक्त खेलकुद कार्यक्रमको कैलाली क्षेत्र नम्मर ३ प्रतीनिधि सभा सदस्य पुर्व कृषि मन्त्री गौरी शंकर थारुले उद्घाटन गर्नु भयो । उद्घाटन सत्रमा बोल्दै पुर्व मन्त्री थारुले आजका साना साना बालबालीका नै भोलीका देश हाक्ने र यो देशको मुहार परिवर्तन गर्ने, समाज बिकाश गर्ने कर्णधार भएकोले आजका यी युवालाई हामीले राम्रो ज्ञान दिन सक्यौ भने वहाहरुले पनी देश बिकाशमा ठुलो योगदान दिने बताउनु भयो ।
एक अर्को प्रंसङगमा बोल्दै वहाले चुनावका बेला आफुले गरेका भौतिक बिकाश, ,शिक्षा, स्वास्थ्यक क्षेत्रको बिकाशका लागी आफुले दिएका आश्वासन पुरा गर्न प्रतीबद्ध रहेको समेत प्रष्ट पार्नु भयो ।
बार्यक्रममा बिशिष्ठ अतिथीको आसनबाट बोल्दै प्रद्श सभा सदस्य अमर सावदले खेलकुदले मानिसको चौतर्फी बिकाश गर्ने र यो पनी एउटा सिकाईको प्रक्रिया भएको बताउनु भयो ।


अर्का बिशिष्ठ अतिथी नगर प्रमुख ममता चौधरीले पनी घोडाघोडी क्षेत्रलाई शिक्षाको बिशेष क्षेत्र बनाउनु पर्ने बताउने भयो ।
कार्यक्रममा जील्ला शिक्षा अधिकारी गणेश सिंङ, नगर उप प्रमुख प्रेम कुमारी थापा, वडा नम्मर २ का वडा अध्यक्ष हरी बिष्ट, राजनितीक दलका प्रतीनिधि, संघसंस्थाका प्रतीनिधि लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यही पौस ३० गते सम्म चल्ने उक्त अन्तर बिद्यालय खेलकुद तथा अतरिक्त क्रियाकलापमा सटपुट, २ सय मिटर दौड, लंजम्प, ४ सय मिटर दौड, हाईजम्प, रिले दौड, गणितीय दौड, चित्रकला, निबन्ध लेखन, बक्तृत्वकला, हाजीर जवाफ लगाएतका कार्यक्रम सन्चालन हनेछन् ।घोडाघोडी नगरपालीका द्यिालय निरिक्षक उमेश रेग्मीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सभापती सुखड स्रोत केन्द्रका स्रोत व्यक्ती राजकिशोर लाल कर्ण रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*