२५, पौष ।। नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपमा प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा थ्री स्टारले राष्ट्रिय लिगको प्रतिद्वन्दी झापा ११ माथि ३–१ को सहज  जित सँगै सुरुआत गरेको छ ।
धनगढी रंगशालामा जारी प्रतियोगितामा बुद्ध चेम्जोङले दुई गोल गरेपछि झन्डै डेढ वर्षपछि मैदानमा पुनरागमन जनाएको रुस्लान थ्री स्टार क्लबले सोमबार क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । खेलमा अफ्रिकी खेलाडी मार्टिन अजायीले ३४ औं मिनेटमा थ्री स्टार लाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि बुद्धले व्यक्तिगत गोलको खाता खोल्दै अग्रता दोब्बर पारे । तर ४१औं मिनेटमा झापाका लागि कर्ण लिम्बुले गोल गर्दै पुनरागमनको संकेत गरे । बुद्धले ४३ औं मिनेटमा ब्याक्तिगत दोस्रो गोल गर्दै पहिलो मध्यान्तर अगाडी ३-१ को अग्रता लिएको थियो ।

मध्यान्तरपछि दुवै टोलीले गोलका थुप्रै अवसर पाए पनि गोल गर्न सकेनन् । लामो समयपछि मैदान फर्किएको थ्री स्टारको जितमा दुई गोलको योगदान गरेका बुद्ध खेलको म्यान अफ द म्याच घोषित भए । उनले त्यसबापत पुरस्कार स्वरूप १० हजार रुपैयाँ प्राप्त गरे ।सेमिफाइनल प्रवेशका लागि थ्री स्टारले बिहीबार नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा मंगलबार भुटानको ड्रुक स्टार र अग्नि रूपन्देहीबीच हुनेछ ।


 युद्ध मेवाहाङ्ग राई 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*