डर्बीखबर डट कम् 



माघ २३काठमाडौँ।। फागुन २६ गते राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रमका लागि बलिउडका चर्चित अभिनेता सलमान खान फागुन अन्तिम साता नेपाल आउँदै छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुनको सलमान नेपाल आउन लागेका हुन् ।सल्मल सन् १९९४ मा पहिलो पल्ट नेपाल आएका थिए अहिले खान दुई दशकको अन्तरालपछि आउन लागेका हुन् ।

‘दबंग द टुर’ कार्यक्रमका लागि सलमान खान फागुन २५ मा नेपाल आउँदै छन् । उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन् । सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछन् ।

आयोजक ओडिसीले २६ गते हुने कार्यक्रममा सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास व्यक्त गरेको छ । सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुने आयोजकले दाबी गरेको छ छ । ‘दबंग द टुर’ कार्यक्रमका लागि १२ करोड छुट्याएको आयोजकले जनाएको बताएको  छ।

सलमानको तालिका यस्तो रहेको छ

सलमानलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेको आयोजकले जनाएको छ । सञ्चारमाध्यमलाई पासको व्यवस्था गरिएको छ ।

जेट एयरलाइन्सको विमानबाट सलमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् कुरा भएको छ ।  सलमान तीन दिन नेपाल रहने छन्  भने  तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन्, त्यो भने बताइएको छैन  । आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*