मंशिर १७ काठमाडौँ ।।हालै कंगना रनावतले  हृत्तिक रोशनमाथि अनेकौं आरोप लगाएर चर्चा बटुलेकी थिइन् ।कंगना रनावत प्राय आफ्नो कडा बयानका लागि चर्चित छिन् ।  अहिले दीपिका पादुकोणका विषयमा पनि कंगना फेरि चर्चित भएकी छन् । दीपिकालाई पद्मावतीका विषयमा अनेकथरी धम्कीहरू आएका बिभिन् भारतीय च्यानल हरुले देखाएकै  छन्   । दीपिका पादुकोणका विषयमा बलिउडका कलाकारहरूले उनको समर्थनमा अनेक कदम चालिरहेको भएपनि कंगनाले भने दीपिकाको समर्थन गर्न मानिनन् ।


भारतमा  शबाना आजमीले ‘दीपिका बचाओ’ अभियान शुरु गरेकी थिइन् । उनले लगभग सबै अभिनेत्रीलाई दीपिकाको सुरक्षा गराउनुपर्ने पेटिसनमा हस्ताक्षर गर्न लगाइन् । हेमा मालिनी, जया बच्चन, विद्या बालन, अनुष्का शर्मा, प्रियंका चोपडा, आलिया भट्ट, सोनाक्षी सिन्हा लगायतका अभिनेत्रीहरूले हस्ताक्षर गरे ।तर आफू हृत्तिक रोशन र आदित्य पञ्चोलीसँग लड्दा बलिउडले साथ नदिएको वा नकारात्मक कुरा बोलेको भन्दै कंगनाले साइन गर्न अस्वीकार गरेकी हुन् ।

यो पेटिसन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइने भारतीय एजेन्सी हरुले बताएका छन्  । भारतीय संचार माध्यमका अनुसार, कंगनाले चाहिँ पेटिसन साइन गर्न मानिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*