अशोज २५  ।। माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो काम पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने भएको बताउनुभएको छ । नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रसम्म आइपुग्दा आफूले बिभिन्न पार्टीहरु भत्काएर नयाँ बनाएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

 नेकपा संयुक्तसँग पार्टी एकता घोषणा सभालाई सम्वोधन गर्दै प्रचण्डले अध्यक्ष प्रचण्डले आफुले, पुरानो पार्टी भत्काउदै नयाँ बनाएर समाजमा तरंग पैदा गर्दै आएको र पछिल्लो पार्टी तालमेल र एकता पनि त्यसैको उपज भएको बताउनुभयो । प्रचण्डले अब माओवादी केन्द्र पनि भत्किने र नयाँ बन्ने जानकारी दिनुभयो । एमाले लगायतका दलसँग पार्टी एकता प्रक्रिया अघि बढेको प्रसंगलाई जोड्दै अध्यक्ष प्रचण्डले अब देशमा नयाँ शक्ति पैदा हुने धारणा राख्नुभयो । नयाँ परिस्थितिले नयाँ शिराबाट सोच्नु पर्ने अवसर र चुनौति दुबै खडा गरिदिएकाले एमाले लगायत दलसँग एकताको प्रक्रिया अघि बढाएको प्रचण्डले स्पष्ट पार्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*