२०,मंसिर ।। एशेज सिरिज अन्तरगत अष्ट्रेलिया र ईङ्गल्याण्ड बिचको दोस्रो टेष्ट खेलमा शन मार्श र मिचेल स्टार्कको उत्कृष्ट प्रर्दषणद्धारा अष्ट्रेलिया दोस्रो टेष्टमा १२० रनले विजयी भएको छ । अष्ट्रेलिया को एडीलेडमा भएको डे नाईट टेष्टमा अष्ट्रेलियाले पहिलो ईनिङ्गस्मा शन मार्शको नटआउट १२६ रनको मद्धतले ८ विकेटको क्षतिमा ४४२ रनमा पारीको घोषणा गरेको थियो । ईङ्गल्याण्डले पहिलो ईनिङ्गस्मा २२७ रन मात्र बनाउन सकेको थियो । २१५ रनको अग्रता लिएको अष्ट्रेलिया दास्रो ईनिङ्गस्मा मात्र १३८ रनमा समेटीएको थियो । ईङ्गल्याण्डका जेम्स एन्डरसनले ५ र क्रिस वोइक्सले ४ विकेट लिएका थिए । ३५३ रनको लक्ष्य पाएको ईङ्गल्याण्डले खेलको अन्तिम दिन सबै विकेट गुमाउदै २३३ रन मात्र बनाउन सक्यो । ईङ्गल्याण्डका जोइ रुटले ६७,मार्क स्टोनम्यान र जोनी बेस्ट्रोले समान ३६ रनको पारी खेलेका थिए । ईङ्गल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५,जोस हज्लेवूड र नाथान लियोनल समान २-२ विकेट लिए । जित सँगै अष्ट्रेलियाले पाँच म्याचको श्रृखला २-०ले अग्रता लिएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*