कैलाली २६ अशोज।। लम्की चुहा नगरपालिकाका १० वटै वडा २५ वटा जे सि वि लगायर ३० फुट भन्दा माथिका बाटाहरु पहिलो चरणमा धमाधम दुबै पट्टि नाला सहित उच्च स्तरीय ग्राभेल कार्य अघि बढेकोछ ।

विकासको मुख्य पुर्वाधार सडक को स्तर सुधार नभय सम्म अन्य विकास निर्माण कार्यको प्रभावकारिता नदेखिने र अहिले बोल्ने मात्र होइन काम गर्ने समय भयकाले आफुले यो बर्ष नगर भित्रका मुख्य तथा साहयक ३० फुट भन्दा माथिका बाटाहरु उच्च स्तरिय ग्राभेल कार्य अघि बढायको लम्की चुहा नगर प्रमुख महादेव बजगाइले बताउनुभयो । 

सदैव डुवानमा पर्ने वडा नं.१ को कुन्टिखेतमा भैरहेको बाटो निर्माण कार्यको अनुगमन गर्ने क्रममा नगर प्रमुख महादेव बजगाइ, वडा नं. १ का वडा अध्यक्ष जनक बहादुर बम,वडा नं. २ कावडा अध्यक्ष बिष्णु ढकाल,वडा नं.  ३ का वडा अध्यक्ष  भक्त बहादुर चलाउने, वडा नं. १ का सदस्य चन्द्र बहादुर बि. क. साथै  कुन्टिखेत उच्च स्तरीय बाटो ग्राभेल उपभोक्ता समितिका अध्यक्ष केसव के. सि. लगायतअनन्य  पदाधिकारि,सदस्य र स्थानिय हरुको  उपस्थिति मा बाटो निर्माण कार्य अघिबढेको छ  ।


बसन्त जैशी -डर्बीखबर.कम् 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*