२०,मंसिर ।। आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियसिप अन्र्तगत युएई बिरुद्धको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २२१ रन बनाएको हो । नेपालका लागि शरद भेषावकरले नटआउट ८१ रन र ज्ञानेन्द्र मल्लले ५४ रन को अर्धशतकीय पारीको मद्धतले सम्मानजनक योगफल बनाएको थियो । ९५ बल खेल्दै भेषावकरले ५ चौका र ८५ बल खेलेको मल्लले ६ चौका प्रहार गरेका थिए । त्यास्तै पारस खड्का र सोमपाल कामीले समान २० रन र दिलिप नाथले १६ रनको योगदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*