मंशीर १४ काठमाडौँ।। प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफूलको शीर्षगीत ”शिरैमाथि शिरफूल”लाइ सार्वजनिक गरिएको छ । नायिका मरिष्का पोखरेलको अभिनय रहेको उक्त गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगरले गरेका छन् ।

चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक गरिने र विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफूलले स्वदेशको प्रदर्शनको लागि मिति भने छिट्टै प्रत्रकार सम्मेलन गरि जानकारी दिने निर्देशक मगरले जानकारी दिए । मगरस क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफूलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल एक्चै मगरले गरेका छन् ।

विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको चलचित्र शिरफुल नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरुले मन पराउने छन् ।बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन यस चलचित्रले सहयोग पुग्ने  निर्माताले विश्वास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*