डर्बीखबर डट कम् 


माघ २८ काठमाडौँ ।। नेपाली चलचित्र  ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ। ‘पर्ख पर्ख मायालु’ बोलको गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएपछि चलचित्र को ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र  ‘मंगलम’ले दर्शकको पक्कै मंगल गर्ने अनुमान गरिएको छ। चलचित्रमा शिल्पा पोख्रेल,पुष्प र पृथ्वीराज, मिथिला शर्मा, नीर शाह लगायतको अभिनय रहेको छ ।

निर्माताको रुपमा राजेन्द्र शाक्य ,शाकर ओझा र ओम गुरुङ रहेका छन् भने  दिपक शर्माको  संगीत छ र चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । अहिले मंगल का सम्पूर्ण टीमहरु आ-आफ्मो ठाउँबाट को प्रचारप्रसारका लागि  बेस्त देखिन्छन ।

चलत्रित्र निक्कै राम्रो बनेको छ , दर्शकको मन पक्कै जित्छ  र ‘मंगलम’ले दर्शकको पक्कै मंगल गर्ने अनुमान डर्बीखबर डट कम् शंग कुरागर्दै निर्देशक नेपालले बताएका छन् । चलचित्र फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*