पौष १७  काठमाण्डौ।। डर्बीखबर डट कम्


पौष १७  काठमाण्डौ, राष्ट्रिय सभागृहमा पाँचौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ  । ‘नेपाली पोसाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारा बोकेको यो दिवसमा पुरुषहरू दौरा–सुरुवाल, कोट, टोपी तथा महिलाहरू चोली, फरियामा सजिएर सहभागी भएका थिए ।

अभियानका परिकल्पनाकार हुन्— राजानन्द माण्डव्य । नेपालको राष्ट्रिय पोसाक अन्तर्राष्ट्रिय पहिचानका रूपमा इतिहासदेखि नै भएको तर तत्काल त्यो पहिचान गुमेको हुनाले यसको पुन:स्थापनाका लागि यो अभियान गरिएको अभियानकर्ताहरूले बताए ।

 

यसपालि मुलुकका १७  वटा जिल्लामा एकसाथ विशेष कायक्र्रमका साथ राष्ट्रिय पोसाक दिवस मनाइएको छ। काठमाडौंको सभा गृहमा भएको कार्यक्रममा इतिहासविद् सत्यमोहन जोशी, रुक्माङ्गद कटुवाल, नेताहरु प्रकासचन्द्र लोहनी,रामशरणमहत नारायणकाजी श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यालयमा अनिवार्य  राष्ट्रिय पोसाक लागाउने  महांकाल गाउँपालिका ललितपुर तथा नमोबुद्ध नगरपालिकालाई  सम्मान गरिएको थियो ।

पाचौ  पटक आयोजना गरिएको प्रस्तावित राष्ट्रिय पोसाक दिवसमा उल्लेखनीय  सहभागिता थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*