लम्की मंशिर २०
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुर स्थीत राष्ट्रिय नमुना मावि मतदान स्थल नजिकै बुधबार बिहानै प्रेसर कुकर बम फेला परेको छ । भेटीएको प्रेसरकुकर बम नेपाली सेनाले निस्कृय पारेको छ । निर्वाचनको अघिल्लो दिनको एका बिहानै मतदानस्थल नजिकै शंकास्पद बस्तु देखेपछी एक जना महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।शंकास्पद बस्तु रहेको थाहा पाएपछि आसपासका स्थानियलाई इलाका प्रहरी कार्यालय लम्की र निर्वाचन सुरक्षामा खटीएका शसस्त्र प्रहरीले सर्तक रहन आग्रह गदै सुरक्षा दिएका थिए । शंकस्पद वस्तुलाई निस्कृय पार्नका लागि खटीएको नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रेसर कुकर भएको अनुमान गदै निस्कृय पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*