२०,मंसिर ।। आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियसिप अन्र्तगत युएई बिरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । अबुधाबीमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २२१ रन बनाएको थियो । नेपालका लागि शरद भेषावकरले नटआउट ८१ रन र ज्ञानेन्द्र मल्लले ५४ रन को अर्धशतकीय पारीको मद्धतले सम्मानजनक योगफल बनाएको थियो । त्यास्तै पारस खड्का र सोमपाल कामीले समान २० रन र दिलिप नाथले १६ रनको योगदान गरे ।
२२२ रनको लक्ष्य पाएको घरेलु टोली युएईले ४५.५ ओभरमा ३ विकेट गुमाउदै भेट्टाएको थियो । युएईका गुलाम सब्बारले नटआउट ८१ रन,रोहन मुस्ताफाले ६२ रन र रमिज साह्जादले ३७ रन बनाएका थिए । नेपालका लागि सन्दिप लामिछाने र शरद भेषावकरले १-१ विकेट लिएका थिए ।


 युद्ध मेवाहाङ्ग राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*