काठमान्डौ, आशोज ४ गते, || भृकुटी मण्डप  प्रदर्शनीमार्ग स्थित पर्यटन बोर्डको सभा कक्षमा   बुधबार सूचना प्रबिधि  विभागद्वारा  निर्मित ” नेपाल राजपत्र mobile Application ” को   उदघाटन  समारोह सम्पन्न   भएको  छ | उक्त   समारोह मा उपस्थित प्रमुख अतिथि बिज्ञान तथा प्रबिधि मन्त्रि माननीयपाक बोहरा ज्यु द्वारा मोबाइल  एप मा   क्लिक गरि गर्नु भएको थियो |

उक्त समारोहमा  माननीय विराज विष्ट ,राज्य मन्त्रि बिज्ञान तथा प्रविधि विशेष अतिथि र सूचना तथा संचार सचिब श्रीमान महेन्द्र मान गुरुङ को उपस्थिति रहेको उक्त कार्यक्रममा  अध्यक्षता  भने बिज्ञान तथा प्रबिधि मन्त्रालयकै सचिब डा . संजिव शर्माले गरेका थिए |स्सथई सूचना प्रबिधि विभागका महानिर्देशक श्री विरेन्द्र कुमार मिश्रले  उक्त एप प्रयोग गर्ने तरिका बारे प्रकाश पार्नु भएको थियो |

गुगल प्ले स्टोर मा गई यो एप डाउनलोड गर्न सकिने यस मोबाइल एप्लिकेशन को प्रयोग गरि नेपाल सरकारका  पुराना तथा नयाँ राजपत्रहरु प्रकाशित सामग्रीको विषय र मिति बाट नै सर्च गरि मोबाइलमा पढ्न सकिनेछ |यो एप मा प्रकाशित राजपत्रको तत्काल नोतिफिकेशन प्राप्त गर्न www.rajpatra.gov.np मा गई सिन्ग्क्रोनाइज् पनि गर्न सकिनेछ | यसका साथै यस मोबाइल एपमा चाडै  नै नेपाल सरकारका  निकायहरु बाट जारि हुने   जुनसुकै  प्रेस -विज्ञप्तिहरु उपलब्ध गराउने व्यवस्था थप गरिने योजना रहेको पनि जानकारी दिनुभएको छ  |

                                                                                                                                                         Image may contain: 1 person, standing, mountain and outdoor  – नरेश खत्री-  डर्बी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*