डर्बीखबर डट कम्।।


पदम ओझा-
बौनिया माघ २०।।
कैलालीको बर्दगोरिया गाउपालिका बौनियामा रहेको नोवेल माध्यामिक विद्यालयले सनिबार विभिन्न सांस्कृतिक कार्यक्रमसहित ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।


कार्यक्रमको बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष भगवती डगौरा थारुले उद्घाटन गरेका थिए । कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष तपेन्द्र खडकाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नं. १ का वडा अध्यक्ष जयरुप खतिवडा,नवजागृति माविका प्रार्चाय रामचन्द्र आर्य,बौनिया खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भोजराज भटट,शिक्षक तारा प्रसाद जोशि,संस्थापक सुरेश खडका,मोहन्याल माविकी प्रअ चन्द्रिका मिश्र जोशि,विदयार्थी प्रकाश जोशि र विर्मा देउवा लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका सहायक प्रिन्सिपल तथा शिक्षका देव थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रिन्सीपल राजेन्द्र भट्टले गरेका थिए ।

त्यस्तै, विद्यालयले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा हास्य कलाकार दिपेन्द्र ओलीको हास्यव्यङय प्रस्तुतीका साथै विद्यालयका विदयार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*