युद्ध मेवाहाङ्ग राई  ११,माघ ।। न्युजिल्याण्डमा जारी आइसीसी यु-१९ क्रिकेट वल्र्ड कपमा बिहिबार भएको क्वाटरफाईनल खेलमा आयोजक न्युजिल्याण्डमाथि २०२ रनको फराकिलो जीत हात पार्दै अफ्गानिस्तान सेमिफाईन प्रबेश गरेको छ । ३१० रनको लक्ष्य पाएको न्युजिल्याण्ड मात्र १०७ रनमा समेटिएको थियो । न्यजिल्याण्डलाई सस्तैमा समेट्न अफ्गानिस्तानका मुजीब जार्डन र क्वाइस अह्मदले समान ४-४ विकेट तथा नवीन उल हकले १ विकेट लिए । न्यजिल्याण्डका काटिन क्लार्कले ३८ र डेल फिलिप्सले ३१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनिय रन बनाउन सकेन ।

यस अगाडी टस जितेर पहिले ब्याटिङ्ग रोजेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउदै ३०९ रन बनाएको थियो । अफ्गानिस्तानका लागि ४ जना ब्याट्सम्यानहरुले अर्ध शतक प्रहार गरेका थिए । रह्मानुल्लाह ६९, इब्राहिम जार्डन ६८,बहीर शाह ६७ र अज्मातुल्लाहले ६६ रनको योगदान गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*