युद्ध मेवाहाङ्ग राई  ११,माघ ।। न्युजिल्याण्ड र पाकिस्तान बिचको दोस्रो टि ट्वान्टि क्रिकेट प्रतियोगितामा पाकिस्तान ४८ रनले विजयी भएको छ । बिहिबार ईडन पार्क अक्कल्याण्डमा टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०१ रन बनाएको थियो । पाकिस्तानका लागि फखार जमान र वाबर आजमले समान ५०, अह्मद शेह्जादले ४४ र सर्फराज अह्मदले ४१ रनको पारी खेलेका थिए । न्युजिल्याण्डका बेन विलरले २ रान्सि र कोलिन डि ग्राण्डहोमले समान १-१ विकेट लिए ।

२०२ रनको पाएको न्युजिल्याण्ड १८.३ ओभरमा मात्र १५३ रनमा समेटीएको थियो । उसका लागि सान्टनरले ३७, बेन विलरले ३० र मार्टिन गुप्टिलले २६ रन बनाएका थिए । सस्तैमा समेट्ने क्रममा पाकिस्तानका फहिम अस्रफले ३, मोहम्मद आमिर र शादाब खानले समान २-२ विकेट लिए । पहिलो खेलमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको थियो । दुई देश बिचको अन्तिम टि ट्वान्टि आगमी आईतबार हुनेछ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*