२५, पौष ।। भारत बिरुद्धको पहिलो पहिलो टेष्टमा साउथ अफ्रिका ७२ रनले विजयी भएको छ । न्यू ल्याण्ड, क्याप टाउन दक्षिण अफ्रिकामा सोमबार खेलको चौथो दिन भारतलाई १३५ रनमा अलआउट गर्दै जित हात पारेको हो । २०७ रनको लक्ष्य पाएको भारतको लागि रभिचन्द्रन आश्विनले ३७ रन र विराट कोहलीले २८ बनाएका थिए । भारतलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका बलर फिलान्डरले ६,मोर्न मोर्केल र कागिसो रबडाले समान २-२ विकेट लिए ।

यस अगाडी पहिलो ईनिङ्गमा ७७ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले दोस्रो ईनिङ्गमा १३० रनमा समेटीएको थियो । दक्षिण अफ्रिकाका ए बिडी भिलियर्सले ३५, एइडिन माक्र्रामले ३४ रनको योगदान गरेका थिए । जस्प्रित बुम्राह र मोहमम्द शामीले समान ३-३ साथै भुवनेश्वर कुमार र हार्दिक पान्ड्याले २-२ लिए । जित सँगै दक्षिण अफ्रिकाले ३ म्याचको सिरिज १-०ले अग्रता लिएको छ ।


 युद्ध मेवाहाङ्ग राई 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*