१९,मंसिर ।।वेष्ट ईन्डिज र न्युजिल्याण्ड बिचको पहिलो टेष्ट म्याचमा न्युजिल्याण्ड एक ईनिङ्ग र ६७ रनले विजयी भएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेको वेष्ट ईन्डिजले वेलिङ्गटनमा भएको टेष्ट म्याचमा टस हारेर पहिले ब्याटिङ्ग गरेको थियो । वेष्ट ईन्डिजले ४५.४ ओभरमा अलआउट हुदै पहिलो ईनिङ्ग १३४ रन बनाएको थियो । न्युजिल्याण्डले पहिलो ईनिङ्ग ९ विकेटको क्षतिमा ५२० रन बनाउदा पारीको घोषणा गरेको थियो । न्युजिल्याण्डका लागि विकेट किपर ब्याट्सम्यान टोम ब्लुन्डेल र कोलिन डि ग्राण्डहोमले १०७ र १०५ रन र रोस टेलरले ९३ रनको पारी खेलेका थिए ।
वेष्ट ईन्डिज पहिलो ईनिङ्गमा ३८६ रनले पछि परेको अवस्थामा दोस्रो ईनिङ्गमा मात्र ३१९ रनमा अलआउट भएको थियो । वेष्ट ईन्डिजका लागि ब्रेथवाइट्ले ९१ रन र सिम्रोन हेट्मेइरले ६६ रनको अर्धशतकिय पारी खेल्नु बाहेक अरु ब्याट्म्यानहरुले रन बनाउन सकेन । न्युजिल्याण्डका लागि म्याट हेन्द्रीले ३, ट्रेन्ट बोल्ट, कोलिन डि ग्राण्डहोम र नेइल वेग्नरले समान दुई विकेट लिए । जित सँगै २ म्याच शृखलामा न्युजिल्याण्डले १-० ले अग्रता लिएको छ ।


 युद्ध मेवाहाङ्ग राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*