अभिमनु कुमार पटेल-डर्बी खबर डट कम् ।। 


रौतहट, २४ माघ । नेपाली काँग्रेसका नेता एवम पूर्व मन्त्री तथा रौतहट क्षेत्र नं.२ का बर्तमान सांसद महमद आफताब आलमको रौतहटबासीले ऐतिहासिक रुपमा मंगाबर  स्वागत गरका छन् ।  रौतहट क्षेत्र नं. २ डुमरियाबासीले आफना नव निर्वाचित सांसद आलमलाई उनको वजन बराबरको लडडुबाट स्वागत गरेका छन् ।

डुमरिया निवासी बुनिलालले आफना नेताको उच्च सम्मानमा उनका ७५ किलो वजन बराबरको लडडु तराजुमा राख्दै तौल गरे पछि स्थानियहरु हर्षित भएका थिए । सांसद आलमलाई नेपाली इतिहासमै संभवत पहिलो पटक यसरी स्वागत गएको जानकारहरु बताउछन् । आलम निर्वाचित भए पछि उनलाई स्वागतका लागि आतुर भएका क्षेत्र नं. २ का बासिन्दाहरु स्वागतका लागि लामनै लागेका थिए ।सांसद महमद आलम स्वागत कार्यक्रम पूर्व डुमरिया बासीहरुको घर घरमा पुगेर भेटघाट गरेका थिए ।

कार्यक्रममा राजपुर नपाका मेयर महमद सकिल अख्तर, परोहा नपाका मेयर शेख वकिल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नौशाद आलम लगायत सयौंको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*