बिनोद देवकोटा।। डर्बीखबरडटकम ।।
१६ माघ, सुखड
प्रथम वडा स्तरिय अतरिक्त क्रियाकलाप कैलालीको मोहन्यल गाउपालीका वडा नम्मर ३ फलेबिसौनामा आज देखी सुरु भएको छ । मोहन्यालको वडा नम्मर ३ का १० बटा सामुदायीक र सस्थागत बिद्यालयको सहभागीता रहेको उक्त खेलकुदको शान्ती माध्यामिक बिद्यालय फलेबिसौनामा एक कार्यक्रमका बिच वडा नम्मर ३ का वडा अध्यक्ष नन्दराम गीरीले उदघाटन गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गीरीले खेलकुदले मानिसको चौतर्फी बिकाश गर्ने बताउनु भयो । एक अर्को प्रसङगमा बोल्दै प्रमुख अतिथी गीरीले बिकाश भन्ने चिज एकै पटक चमत्कारी हिसावले हुन नसक्ने भन्दै धैर्य गर्न आर्गश गर्नु भयो ।


तीन दिनसम्म चल्ने उक्त खेलकुदमा सटपुट, लङजङम्प, ज्याम्लीङ थ्रो , १ सय र २ सय मिटर दौड, ८ सय मिटर दौड, रिले दौड र हाजीरी जवाफ लगाएतका खेल सन्चालन हुने बताईएको छ ।


शान्ती माबिका बिद्यालयका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नवराज सहकारीको सभापतीत्वमा सम्पन्न उद्घाटन समारोहमा, बिद्यालयका सस्थापक अध्यक्ष नन्द बहादुर बस्नेत रहनु भएको थियो ।


शान्ती माबिका प्रधानाध्यापक मिन शहादुर दर्लामीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमा हरि प्रसाद देवकोटा, प्रकाशमान जैसी, संगीता बटाला, टिकाराम जैसी, अमर टमट्टा, नृप बहादुर शाही, भवानी प्रसाद देवकोटा लगाएतकाले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन शिक्षक चक्र बहादुर आलेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*