युद्ध मेवाहाङ्ग राई   १२,माघ ।। न्युजिल्याण्डमा जारी आइसीसी यु-१९ क्रिकेट वल्र्ड कपमा शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा भारतले बंगलादेशलाई १३१ रनले जित्दै सेमिफाईनल प्रवेश गरेको छ । क्वूइन्सटाउनमा टस जितेर पहिले ब्याटिङ्गमा उत्रेको भारत ४९.२ ओभरमा सबै विकेट गुमाउदै २६५ रन बनाएको थियो । भारतका लागि शुवमान गिलले ८६, अभिषेक शर्माले ५०,पृथ्बि शाँले ४० तथा हर्भिक देसाइले ३४ रनको योगदान गरे । बंगलादेशका ब्वाजी ओनिकले ३,नयिम हशन र सैफ हसनले समान २-२ विकेट लिए ।

२६६ रनको लक्ष्य पच्छाउने क्रममा बंगलादेश १३४ रनमा समेटिएको थियो । बंगलादेशका पिनाक घोषले ४३, अफिफ हुसैन १८ रनको पारी खेले पनि हारबाट टार्न सकेन । बंगलादेशलाई सस्तैमा समेट्न भारतका कमलेश नगरकोटीले ३,शिभम् माभी र अभिषेक शर्माले समान २-२ विकेट लिए । सेमिफाईनल २९ जनवरीमा अफगानिस्तान र अष्ट्रेलिया बिच तथा ३० जनवरीमा भारत र पाकिस्तान बिच हुनेछ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*