२०,मंसिर ।। च्याम्पियन्स लिग अन्र्तगत मंगलबार भएको खेलमो बार्यन म्युनिख क्लबले पेरिस सेन्ट जर्मनमाथी ३-१ को सानदार जित हात पारेको हो । जर्मनको म्युनिखमा भएको खेलको ८ मिनेटमा लेभान्डोस्कीको गोल गर्दै अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा टोलिसोले गोल गर्दै बार्यनका लागि अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० ले पछि परेको अवस्थामा पेरिस सेन्ट जर्मनका लागि ५० औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेलमा फर्कने कोसिस गरे पनि ६९ औं मिनेटमा टोलिसोले व्याक्तिगत दोस्रो गोल गर्दै बार्यन म्युनिखका लागि ३-१ को जित दिलाए ।
च्याम्पियन्स लिगको समुह बि मा रहेको बार्यन म्युनिख र पिएसजीका् समान १५-१५ अंक रहेपनि हेड टु हेडको आधारमा पिएसजी समुह विजेता र बार्यन म्युनिख उपविजेता बनेको हो ।
सोही दिन भएको अन्य खेलहरुमा बार्सिलोना स्पोर्टिङ्गमाथी २-०, ए एस रोमाले क्वाराबगमाथी १-०, बसेल बेन्फिकामाथी २-०,एन्डरलेच्ट सेल्टिकमाथी १-० म्याचेस्टर युनाईटेड सिएसकेएस मोस्कोमाथी २-१ र जुभेन्टस ओलम्पीयाकोसमाथी २-० को जित हात पार्दा चेल्सी र एट्लेटिको मड्रिडले भने १-१ को बराबरी खेलेको छ ।


 युद्ध मेवाहाङ्ग राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*