नवीन देवकोटा लम्की, पौष २५
लम्कीचुहा नगरपालिकाको वडा न १ भुरुवामा रहेको बालकल्याण माध्यमिक बिद्यालयमा सोमबारदेखी शुरु भएको खेलकुद कार्यक्रममा मंगलबार दोस्रो दिनका विभिन्न खेलहरु सम्पन्न भएका छन ।
मंगलबार भएको मावि तह छात्र लङजम्पमा घोडाघोडी सदनका प्रकाश चौधरीले प्रथम, बेहडाबाबा सदनका प्रकाश अधिकारीले दोस्रो र गोदावरी सदनका बासुदेव धमालाले तेस्रो स्थान प्राप्त गरेका छन । मावि तहको छात्रा लङजम्पमा बेहडाबाबा सदनका कौशिला आचार्यले प्रथम, घोडाघोडी सदनका त्रीछाया डुब्राकोटीले दोस्रो र कैलाशधाम सदनका अम्मकला जैसीले तेस्रो स्थान प्राप्त गरेका छन । निमावि तहको एक सय मिटर छात्र दौडमा चन्द्रमौलेश्वर सदनका बिक्रम टमट्टाले प्रथम, घोडाघोडी सदनका निशान चौधरीले दोस्रो र भिम बि। क।ले तेस्रो स्थान प्राप्त गरेका छन । त्यसैगरी नि। मा। वि। तहको एक सय मिटर छात्रा दौडमा चन्दरमौलेश्वर सदनका हस्तना न्यौपानेले प्रथम , चन्द्रमौलेश्वर सदनकै टंका सुनारले दोस्रो र बर्दगोरिया सदनकी कल्पना नेपालीले तेस्रो स्थान प्राप्त गरेका छन ।
निमावि तह २ सय मिटर छात्र दौडतर्फ बर्दगोरियासदनका रमेश खनालले प्रथम , घोडाघोडी सदनका बिनोद शाहीले दोस्रो र बेहडाबाबा सदनका छत्र भुलले तेस्रो स्थान प्राप्त गरेका छन भने निमावि छात्रा २ सय मिटर दौडमा गोदावरी सदनकी रविना चौधरीले प्रथम, चन्द्रमौलेश्वर सदनकि हस्तना न्यौपानेले दोस्रो र बेहडाबाबा सदनकी निलम बि। क। ले तेस्रो स्थान प्राप्त गरेका छन ।
त्यसैगरि मावि तह छात्रतर्फ ४ सय मिटर रिले दौडमा चन्द्रमौलेश्वर सदन प्रथम, गोदावरी सदन दोस्रो र घोडाघोडी सदनले तेस्रो स्थान प्राप्त गरेको बालकल्याण मा। वि। भुरुवाका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनु भएको छ । खेलकुद कार्यक्रम पौष २७ गतेसम्म संचालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*