पौस १३ बौनिया ।। डर्बीखबर डट कम् ।-पदम ओझा 


कैलालीको बौनियामा यहि पुस १५ गते युवाहरुको योगदान स्थानिय कला र सस्कृतिको पहिचान भन्ने मुल नाराका साथ बृहत सेति लोकमार्ग जिल्ला व्यापी खुल्ला नृत्य प्रतियोगिता २०७४ हुने भएको छ । एडि युनिट्स डान्स एकेडेमिको सहकार्यमा आरडिएस डान्स क्रयुको आयोजनामा उक्त नृत्य प्रतियोगिता हुन लागेको हो ।

कैलाली जिल्लाका करीब २० टिमको सहभागि रहने आरडिएस डान्स क्रयुका सञ्चालक दिनेश पालले बताए । पाल सानै उमेर देखि नृत्य सिक्ने र सिकाउने कार्यमा व्यस्त रहेका छन । उनले १ दर्जन भन्दा बढि गितमा निर्देशक तथा मोडल गरिसकेका छन । पालले युवाहरुको सहयोगमा स्थानिय कला र सस्कृतिको जर्गेना र पहिचान गर्ने प्रतियोगिताको उद्देश्य रहेको बताए ।

 

प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार मेडल,प्रमाणपत्र प्राप्त गर्ने छ भने द्धितिय हुनेले ५ हजार र तृतिय हुनेले २ हजार ५ सय मेडल,प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगितामा आधुनिक गाएक भरत ताम्राकार र हास्य कलाकार दिपेन्द्र ओलीको पनि विशेष प्रस्तुती रहने छ । नृत्य प्रतियोगिता शनिवार बसन्त मुरारीको प्राङगणमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*