असोज २२ बौनिया ।।  कैलालीको बर्दगोरीया गाउपालीका १ बौनीयामा रहेको बसन्त मुरारी माध्यामिक विद्यालयमा कलेज सञ्चलनका लागी १५ सदस्यिय तदर्थ समिती गठन गरिएको छ ।

गणेश राज गिरीको संयोजकत्वमा गठित तदर्थ समितीमा बृजेश रावल , तारा प्रसाद शर्मा , रामनारायण थारु , लाल बहादुर चौधरी , ललिता भट्ट , मनऋषी आचार्य , दिल बहादुर साउंद , भुमी प्रकाश बम , रुपा बादी , जयरुप खतिवडा , शुशील शाहि , विमला जोशी , बसन्ती चौधरी लगायत १५ सदस्य रहेका छन ।

बर्दगोरीया गाउपालीकाका प्रमुख बलिराम चौधरी को सभापतित्वमा सम्पन्न समिती गठन कार्यक्रममा गाउपालीकाका कार्यकारी अधिकृत हिरालाल भण्डारी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा विभिन्न राजनितक दलका प्रतिनिधी , बुद्धिजिवी व्यापारी , समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।


Image may contain: 1 person, standing and sunglassesपदम ओझा -डर्बी खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*