२०,मंसिर ।। फिरोज साह कोट्ला दिल्लीमा भएको तेस्रो टेष्ट बराबरीमा सकिएको छ । खेलको पाँचौं तथा अन्तिम दिन बुधबार श्रीलंकाले उत्कृष्ट ब्याटिङ्ग गरेपछि खेल बिना नतिजा बराबरीमा सकिएको थियो । ४२४ रनको लक्ष्य पाएको श्रीलंकाले खेलको चौथो दिन ४ विकेटको क्षतिमा ११९ बनाएको थियो । श्रीलंकाका लागि धनन्जय सिल्भाले ११९ रनको पारी खेलेका थिए । रोशन सिल्भाले ७४ रन र निरोशन डिक्वेला ४४ रनको महत्वपूर्ण पारी खेल्दै अन्तिम दिन ५ विकेटको क्षतिमा २९९ रन बनाउदा टेष्ट ड्र भएको घोषणा गरेका थिए । ३ म्याचको टेष्ट सिरिज भारतले १-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो तथा अन्तिम टेष्ट ड्र भएको थियो भने दोस्रो टेष्टमा भारत एक ईनिङ्ग २३९ रनले विजयी भएको थियो । प्रतियोगितामा दुई दोहोरो शतक प्रहार गरेका विराट कोहली म्यान अफ द सिरिज भए ।
सिरिज जिते सँगै भारतले अष्ट्रेलियाले २००५ देखि २००८ सम्म बनाएको लगातार नौ सिरिज जितको विश्व रेकर्ड सँग बराबरी गरेको छ ।


 युद्ध मेवाहाङ्ग राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*