डर्बीखबरडटकम,
बिनोद देवकोटा ।।
२८ पौष, कैलाली-
माघी मिलन एबम घोडाघोडी सास्कृतीक महोत्सब आज देखि कैलालीको सुखडमा सुरु भएको छ । शिक्षा,संस्कृति,पर्यटन र व्यापार घोडाघोडी नगर समृद्धिको आधार भन्ने मुल नारा दिइएको महोत्सव शिक्षा तथा सास्कृतीक संरक्षण मन्च सुखडको आयोजनामा भएको हो । महोत्सवको शुक्रबार अबेर साझ करिव साढे ६ बजे एक कार्यक्रमका विच कैलाली क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद गौरी शंकर थारुले दिज प्रज्वलन गरी उदघाटन गर्नुभएको छ ।


पौष २८ देखी सुरु भएको महोत्सव माघ ४ गते सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सव मुल आयोजक समिती संयोजक नविन क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सांसद गौरी शंकर थारु रहनु भएको थियो भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य अमर साउद ,घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरी र घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश चौलागाई रहनु भएको थियो ।


महोत्सवमा गायक रामजी खाण, गायीका तथा मोडेल ज्योती मगर, सीर्जु अधिकारी, गायक तथा मोड्ल दुर्गेश थापा, लोक तथा देउडा गायक टंक तिमेल्सैना, लोकदोहारी गायक हेमराज थापा, र.यापर मिस्टर आरजे राजेन्द्र भट्ट, देउडा गायक भक्र बम, लोकदोहोरी गायक राजेन्द्र बिष्ट, बादल थापा, सुरेश राणा, सौगात ओझा, रोसन सिङ, मालती घले, कमला पुन, चर्चित देउडा गायक अटामी बड्डो लाल बहादुर धामी, थारु गायक मनिराम थारु, लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने प्रचार प्रचार संयोजक दिपेन्द्र शाहीले जानकारी दिनुभएको छ । ७ दिन सम्म चल्ने महोत्सवमा बिद्यार्थीलाई ४०, अन्यलाई ५० र सीजलन टिकट ३ सय रुपयामा बिक्री भईरहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*