बौनिया, २३ असोज ।।  पछिल्लो समय देशमा रोजगारीको प्रयाप्त अबसर नभएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या ह्वात्तै बढेको छ । तर आफुसङ्ग भएको सीप क्षमता र दक्षता, मेहनत र परिश्रमको पसिना आफ्नो    माटोमा प्रयोग गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ ।
हो नेपालीमा निकै प्रचलित यहि भनाइलाई चरितार्थ गरेका छन् जागीर छोडेर केरा खेतीमा लागेका कैंलालीका एक युवाले । कैलालीको बर्दगोरिया गाउपालीका ५ रामपुरका २७ बर्षीय युवा कमलदेव चौधरी ९ वर्ष काम गरेको गैर सरकारी संस्थाको आफ्नो  जागीर छोडेर केरा खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
चौधरीले करिव २ वर्ष पहिले १० कठ्ठा आफ्नै खेतमा रु.७५ हजारको लगानीबाट ६ सय केराको बोट लगाएर शुरु गरेकोे केराखेतीबाट पहिलो वर्षमै दोब्बर आम्दानी गरेका छ्न । चौधरीेले अहिले थप १० जग्गा कठ्ठा भाडामा लियर एक बिगाहामा १२ सय बोट रोपेको र उत्पादन पनि राम्रो भइरहेको हुदा आउदो बर्षमा केराबाट अपेक्षा अनुसार आम्दानी हुने बताउछन् ।

 

चौधरीले धान लगाउने ठुलो जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका छन । ‘अन्य व्यवसाय भन्दा सरल र सहज अनि फाईदाजनक भएका कारण मैले केरा खेती गर्न थालेको हु, चौधरी भन्छ्न ।‘ ९ वर्षसम्म सस्थामा दुख गरियो तर कुनै प्रगती नभएपछी साथीहरुले विदेशजाने सल्लाह दिए , तर आफुलाइ भने नेपालमै केही गर्ने मन थियो चौधरी भन्छ्न(मनमा धेरै योजना आएपनी बजार माग देखेर अन्तमा केरा खेती रोजे अहिले आएर सही गरेछु भन्ने लाग्छ’ । सरकारले अनुदान र तालीम दिन्छ भन्ने त सुनेको छु तर अहिले सम्म कुनै अनुदान वा तालीम पाएको छैन चैधरीले भने यदि तालीम पाए भने यसलाई अझै आधुनिकीकरण र बृद्धि गर्दै लैजाने सोच बनाएको छु ।

बजारमा केराको माग दिनप्रतिदिन बढ्दै जानु, स्वास्थ्यको दृष्टिकोणले फाईदाजनक हुुुुनु, चाडपर्वहरुमा विशेष महत्व राख्ने र छिट्टै उत्पादन दिने केराखेती मनग्य आम्दानी गर्न सकिने भएकाले यसप्रती आप्mनो रुचि बढ्दै गएको उनी बताउछ्न । मनमा केही गर्ने सोचबिचार र आट लिने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिने भएको हुदा बिदेश नै जानुपर्छ भन्ने छैन उनी भन्छ्न ।

जागिरे जिबनले परिवार पाल्न समेत गारो भएको हुदा व्यावसायिक केराखेती सुरु गरेको चौधरी बताउछ्न, जसले परिवारको आर्थिक अबस्थामा मात्र होइन दुख अनुसार बचत पनि हुने गरेको छ । उनले उत्पादन गरेको केरा जिल्लाका विभिन्न बजारमा जाने गरेको छ ।

यता जिल्ला कृषि बिकास कार्यालयका अनुसार जिल्लामा व्यावसायिक रूपमा केराखेतिप्रती आकर्षण बड्दो अबस्थामा छ । जिल्लाका टिकापुर, बौनिया, रानीकुन्टा चौमाला लगायतका ठाउहरु केराखेतिका लागि पकेट क्षेत्रको रुपमा रहेको र अहिले केरा खेती भईरहेको जिल्ला कृषि बिकाश कार्यालयका शंकर अवस्थीले बताए ।


बिनोद देवकोटा

One Comment

  1. Navin Devkota says:

    धेरै राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*