बिनोद देबकोटा
९ मङसीर, कैलाली
अन्तराष्ट्रीय मोहन्यालि समाजले कैलालीको मोहन्याल गाउ पालिकाका विद्यालय लाई डस्ट लेस अर्थात् चक रहित बनाउने तयारी गरेको छ ।

नेपाल तथा नेपाल बाहिर रहेका मोहन्यालका युवाहरुको सक्रियतामा संकलन गरिएको रकमबाट सो उदारहणिय काम हुन लागेको हो ।
जस अनुसार यहि मंसिर १० गते पहिलो चरणमा मोहन्यालका वडा नम्मर ३ र ७ का १६ बिद्यालयलाई ५१ वटा सेतो पाटी बितरण गर्न लागिएको संस्थाका नेपाल संयोजक निर्मल बिष्टले जानकारी दिनु भएको छ ।
मोहन्यालका अधिकांश बिद्यालयमा अहिले पनी कालोपाटी र चक प्रयोग गरिदै आएको छ । कालोपाटी र चकको धुलोले शिक्षक र बिद्यार्थीको स्वास्यमा नराम्रो असर गरिरहेकोले सेतोपाटी बितरण गर्न लागीएको अन्तराष्ट्रीय मोहन्याली युवा समाजका महासचिव मदन राज कठायतले डर्बी खबरलाई जानकारी दिनु भएको छ ।
यो समाजले मोहन्यालको समर्ग बिकाशमा आगामी दिनहरुमा पनी काम गर्ने यस समाजका केन्द्रिय अध्यक्ष दिनेश अधिकारीले बताउनु भयो ।
बिदेशीयका युवाहरुको यो उदारहणिय कामको मोहन्यालका अधिकांशले प्रसंशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*