फागुण १ काठमाडौँ ।।  आज हिन्दु धर्मावलम्बीहरुको महान चाड  महाशिवरात्रिका अवसरमा भगवान शिवको दर्शनका लागि  बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बाक्लो भीड लागेको छ । बिहान  ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ  । 

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । 

दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । योवर्ष कति भक्तजनहरुले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ । यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*