२७ पौष ।। रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा रियलका पहिलो रोजाईका खेलाडी क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो तथा करिम बेन्जिमा बिना खेलेको नुमान्सियासंग २–२ को बराबरी खेलेको म्याड्रिड समग्रमा ५–२ को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

म्याड्रिडका लागी लुकास भाज्क्वेजले खेलको १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको ४५ औं मिनेटमा नुमान्सियाका फर्नान्डेज हिईरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।  दोस्रो हाफको ५९ औँ मिनेटमा लुकासलेनै व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिले पुःन अग्रता लिएको थियो । तर खेलको ईन्जुरी समयमा नुमान्सियाका फर्नान्डेजे ब्याक्तिगत दोस्रो गोल गरेपछि खेल बराबरीमा ल्याए । पहिलो लेगमा रियलले नुमान्सियालाई ३–० ले पराजित गरेको थियो ।


 युद्ध मेवाहाङ्ग राई 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*